सागरबिदा ब्लगस्पोट एउटा रोमान्चक ब्लग

सर्च गर्नु होस

कथा ,गितिकथा,लघुकथा

  गितिकथा                       
                                                  धोका 
                                                                                                                   "बिदा"
    प्रस्नै प्रस्न अंह म आज एक प्रहार पनि सुत्त्न सकिन,उत्तर खोज्ने बहाना मा रातभर आँखा बन्दनै भएनन तर पनि उत्तर मिल्नै सकेन उत्तर पुरा नहुँदै प्रतिउत्तर ले फेरी प्रश्नबाचक चिन्ह खडा गरिदियो,सधैजसो अनि सबै जस्तै म पनि रात को मन्ध्यान्न्मा आफ्नो सयन कक्षमा नै छु, अरु हरु जस्तै म पनि सुतेकै छु तर पनि म मा बिश्वास छैन म आफ्नो नियम भन्दा बाहिर पनि छैन मैले आफुले आफुलाई मानसिक रोग को संकटले पल्टाएको जस्तो पाएको छु कती नै म सही मार्गमा र सही हिसाब अनि सही किताबमा छु भनि संगाल्न खोजे तर सकिन,यी अर्थ हिन अनि साबधानहिन सोच हरु सगै बिहानि भो,त्यही पनि हिजो भन्दा छुट्टै खालको नमिठो अनि नरमाइलो, मलाई बिहानि जस्तो पनि लगेन पूर्व को क्षितिजतिर उदाएको सुर्यलाई हेरे कुनै लालि भेटिन, धमिलो जस्तो लाग्यो,एकछिन टोलाएर आफुलाई बलियो अनि कठोर बनाउन खोजे मन म तरंगित सोच हरु ले बिषय बदलेकै छैनन उनै प्रश्न हर समय मलाई त्रसित बनाइ रहन्छन अब चाहेर पनि उत्तर खोज्ने समय म मा थिएन म लागे आफ्नो घरको गृहकार्य तर्फ, अहिले मेरो परिवर गरीब बर्गमा पर्छ जबसम्म बुबा हुनुहुथ्यो अनि वाहा को कोठामा एक जोड सोफा थियो तबतक हामि मध्यम बर्गि थिंयौ रे अहिले न बुबा हुनुहुन्छ न सोफा न त मध्यमबर्ग नै,ऋणका कारण सोफा बेच्नु पर्यो सोफा सँगै बुबा ले कमाएको इज्यत पनि बेचिएछ,कति चाडो गरिब भैयो आखिर त्यो पनि त हाम्रो चहाना थिएन चाहाना नहुँदा नहुदै पनि मैले त्यस्ता अनेक चिज पाएको छु ,गरिब बर्ग मात्रै काँहा हो र ? सामाज् पनि त यस्तै छ बालेको आगो मात्र सबैले ताप्छन म त निभिसकेको अँगार न हुं तातो काहां बाट दिन सक्छु ? आफुभन्दा कंयौ बर्ग मुनी मेरै घरमा काम गरेर छाक टार्ने हरु आज मलाई नै दुइ छाक खाएर दिन गुजरा गरिदिने प्रभु भएका छन यि त याबद कुराहरु सहने म मा बनी नै बनी सक्यो आखिर नसहेर पनि गर्नु के ? यि तिता दिनचार्य हरुले मलाई रत्तिभर छोएनन कर्म सम्झेकै थिँए,काम गरेको नै थिँए आफुलाई कहिल्यै गरीब सम्झिन आज म त्यो भन्दा पनि गिरेर पछारिएको छु उठ्न सक्ने म मा तागत छैन अनि सामर्थ पनि छैन न त उठाई दिने कोही छ यो स्वार्थले भरिएको सामाज मा । हिजो को रात म यता खटपटी ले एक छिमल सुत्न सकेको थिइन,त्यही रात मेरो जिबन माथि सामाजका नाईके हरु ले तुसारापात पो गरिदिएछन म गरीब हुनु को बहाना मा अनु लाई राती नै सिन्दुर पो हालिदिएछ्न बिहान उज्यालो हुंदा नहुंदै अनु ले नौडाडा पो काटिसकिछ्न कस्तो बिडम्ब्ना मलाई थाहनै भएन कस्तो निस्ठुरी मन ? कसोरी जान सकिन होला ? एक्लो भंए म एक्लो-------
(1) छाडी गयौ आज मलाई कस्को सम्झना मा……………….
          आखिर मेरो के नै गल्ती थियो र ? के गरीब हुनुनै मेरो दोश थियो ? माया कुनै धनको तराजु मा जोखिदैन माया आखिर माया नै हो कुनै महल मा लगेर राखिदैन, चोखो माया अ न त सामाज सँग नै झुक्छ न त लुकाएर लुक्छ, यि तिमीले नै मलाई भनेका शब्द होईनन ?मनन गर त ? हामीले लुकाएर लगाएको पिरती पनि त होईन, मेरो बुवा सँगनै तिम्रो बुवाले तिम्रो हात मलाई सुम्पिसक्नु भएको थियो त्यँही बाट नै त हाम्रो मायाले प्रगडरता पाएको थियो । खै अनु कि तिमी स्वार्थी भयौ ? मेरो बाबा को देह्बसान पछी बेचिएको सोफा सँगै तिमी पनि त बेचियौ त ! भन त कसोरी होइन भन्न सक्छौ? नत्र म सँग के थिएन? तिम्रो एक अन्जुली माया को आधारमा म बचेँको थिँए, तिम्रो आधार नै मेरो जिबन थियो त्यसै भित्र फुलेका मेरा ईच्छा चाहाना अनि मनोकाँक्षा का कालीला मुना तिमीले कसोरी चुड्न सक्यौ ? मलाई बिश्वास थिएन बिच बाटोमै मेरा र तिम्रा पाईला रोकिन्छन भनेर, अनु तिमी स्वार्थी भयौ, तिम्रो परिवार को खाँतिर मेरो मुटु रेट्यौ मलाई आधार बिहिन मोडमा ठोक्काएर तिमी गन्तब्य मा पुगयोउ, दिलो ज्यान दिएर तिमी प्रती लगाएको मेरो मन ढुँङै ढुङाले थिच्यौ कसोरी भनु समय सँगै परिवर्तन भएछ तिम्रो मन अनि तिम्रा ईच्छा चाहना । " डाडा काट्यौ आँशु दिएर बदलामा आँशु लुट्यौ अनि के नै गुनाशो बाँकी रहयो र ?आत्म सँग खेल खेलेउ यही नै मेरो जिबन मरन को दो-शाँद भो ……………..
(2) यस्तै रहेछ याँहा को चलन…………
          जित्यौ तिमीले हार मेरो भो । मेरा खुशी हरु लाई लीलाम गर्नु नै थियो भने याँहा सम्म किन लम्किए ति कमजोर पाइलाहरु ? धिक्कार छ अब म मा आफुले आफैलाई कमजोर सोच्ने बेगर कुनै बिकल्प नै रहेन । समाजले मात्र होइन तिमीले मलाई धोका दियौ, आखिर धोका दिनु नै थियो भने यतिका बर्षा सम्म किन मेरा प्रेमलाई बन्धकमा राखिदियौ ?
             सायद आज तिमीले गरेका निर्णय हिजो नै मलाई सुनाएको भए मेरो जिबनले कुनै मोड लिन्थ्यो कि ? मुखले राम भनेर बगलिमा छुरा रोप्यौ, आज रुखमा चडाएर फेद काटने तिम्रो दुस्प्रायस सफल भएको छ त्यसैमा तिमीले आफ्नो जित स्विकरेकी हौलि, अँह म मन्दिन मेरो हार लाई मात्र तिमीले स्विकार्नु पर्छ, मेरो हार सँग मात्र तिम्रो जितको संभब छ अन्यथा तिमी हारिरहेकै छौ । आखिर तिमीले के नै पाएकी छौ र ? जती म यथार्त मा तिमी सँग लुटिएको छु, तिमी सँग छुटिएको छु ,सायद बिपरितार्थक शब्दमा तिमी त्यती खुशी छैनउ जती म दुखित छु, तिमी त्यती हांसेकी छैनउ जती म रोएको छु । तिमीलाई बर्षउ पुराना ईतिहास जस्ता लग्छन होला हाम्रा रोदन अनि प्रेम मय पिडामा गरिएका संबाद हरु । अनु कती सजिलो लाग्छ आफैलाई सोधी हेर धोका दिन्, आफैलाई सोधिहेर बदला मा आंशु दिन , आज गांउ सामाज मा बदनाम को दाग लाग्यो के नै पांए र मैले यो तिमी प्रती गरेको एक थोपा बिश्वास माथी प्रतिघात बेगर? हो अनु धोका दियौ सांच्चै धोका दियौ।………………
(3) धोका दियौ तिमीले बदनाम को दाग लाग्यो………..
भर्खर जस्तो लाग्छ तिमी मेरो साथ बाट छुट्टिएको भर्खर जस्तो लाग्छ म सँग नै सँगै मर्ने अनि सँगै जिउने कसम खाएको
“टाउको टेकी सामाज को तिमी सँग हिड्छु भन्थेउ= २
रुडी -बादी परम्परा तोडेर नै छाड्छु भन्थेउ
भोको पेट र नाङो शरिर भएपनी खुशी नै छु
जुंनी भर तिमी सँगइ बाँच्ने कसम खान्छु भन्थेउ”
खै तिम्रा ति कसम ? काँह अनि कुन सिमा पार गरे तिम्रा ति बाचाहरुले ? आँखिर सामाज अगाडी झुक्नु पर्दो रहेछ नि! हुन त संसार नै यस्तै रहेछ स्वार्थले नै मानिसलाई झुकाउदो रहेछ, आखिर तिमी पनि त मान्छे होउ झुकेर नै छोड्यौ ।
   अनु मैले आँफुलाई कहिल्यै सानो देखिन्, तिम्रो प्रेमको गर्ब ले नै छाती फुकाएर यो सामाज को निर्माण गरेको थिंए चर्चा नचलाएर कौतुहलतामा मन भित्र साँदिएको तिमी प्रतिको मेरो चोखो माया त्यसै म बिर्शन सक्दिन तिमी त निस्ठुरी भेइ सकेउ मेरो मन अनि मन भित्रका कथा ब्यथाहरुलाई पढेर पनि बुझेर पनि अनपढ अनि अबुझ बनी दियौ म मा त्यो तागत छैन कि यि सबै अतित हरु सजिलै बिर्शु ,तिमीलाई लाग्ने यो बनाबटी जिबन मेरो सम्पुर्ण जिबन थियो, तिमीले गरेको एक थोपा प्रेम नै मेरो सम्पुर्ण प्रेम थियो ,आज तिमीले पराई रोज्यौ यो मुटु टुक्रा टुक्रा गरेर च्यातिएको छ मनलाई दबाएर नदबिने अट्टाहास को गरुँगो भारिले मलाई च्यपेको छ ,बाचेतापनी जिउदो लास नै आखिर मान्यता के रहन्छ र ? तिम्रो माया मा म यती डुबें गहिराई पुराएर साथ छोड्यौ म म उतै हरांए मर्न बरु गार्हो हुन्न….
(4) मर्न बरु गार्हो हुन्न………
हो अनु मर्न बरु गार्हो हुन्न तिम्रो माया बेगर बाच्ने कुनै आधार छैन यतार्थ तितो अतित बाहेक म सँग अरु केहि छैन । हरेक रात तिमी प्रती लक्षित सपनाहरुले मलाई झन झन गिज्याएर हासी रह्न्छन जिस्काउने अतित भन्दा गिजाउने सपनाले हरदम तिमी र मलाई जोडन चाहन्छन्,तिमी जुन दिन तिमीसँग छुट्टिएउ जुनदिन म सँग टाढा भयौ जुन दिना तिम्रो र मेरो बिपना तितो भयो प्रतेक रात सपनाले जोडी रहन्छन । आब म जोडिन चाहन्न अब तिमीलाई भुल्न बाहेक सम्झेर के पाउछु र ?फलोस फुलोस शुभ-कमाना -बिदा
(5) भुलु भुलु लाग यो मलाई सपनी नै मिठो लाग्दैन बिपनी

              समाप्त

नोट: गित ५ वटा छन (सबै आधुनिक अनि पुराना)
१ छाडी गयौ आज मलाई कस्को सम्झना मा……………… ।
२ यस्तै रहेछ याँहा को चलन………… ।
३ धोका दियौ तिमीले बदनाम को दाग लाग्यो……… ।
४ मर्न बरु गार्हो हुन्न……… ।
५ भुलु भुलु लाग यो मलाई सपनी नै मिठो लाग्दैन बिपनी ।
गजल १ वटा छ
१ “टाउको टेकी सामाज को तिमी सँग हिड्छु भन्थेउ= २
रुडी -बादी परम्परा तोडेर नै छाड्छु भन्थेउ
भोको पेट र नाङो शरिर भएपनी खुशी नै छु
जुंनी भर तिमी सँगइ बाँच्ने कसम खान्छु भन्थेउ”
***


दर्शन दर्शन लधुकथा                                                                               "बिदा"
                दाइले फर्स्ट डिभिजनमा एस. एल. सि. पास गर्दा दानुको माइलो भाई गोठालो जाने भैसी चराउने पेशा मै ब्यस्त हुन्थ्यो, कती पटक गाँउले ले गाली गर्दा स्कुल जा पढनु पर्छ ठुलो मान्छे बन्नु पर्छ भन्दा रिसाउथ्यो रे, अह उसलाई कसैको आज्ञा को पालाना गर्नु पनि थिएन अनि ठुलो मान्छे बन्नु पनि थिएन हेर्दा हेर्दै समय पनि बितेको पनि पत्तै भएन दानु पढाई को सिलसिला मा दुइ चार देश धुम्दा पनि माइला लाई कहिलेई इश्य्रा जागेन आफु भन्दा सानु उमेर का सँगी साथी भाई हरु को प्रगती मा उसलाई कहिले पनि डाहा भ्एन साथी हरु आफ्नै कार चाडने हैसिएत का भै सके, तर भैसी चडेर भए पनि गाँउ घुम्यो जङ्ल चारअन घुम्यो तर उसलाई कहिले दिमाग मा सोच आएन पनि पढनु पर्ने रहेछ स्कुल जानु पर्ने रहेछ अनि ठुलो मान्छे हुनु पर्ने रहेछ अह एक मन ले पनि सोचेन तर आज बिधी को बिड्म्ब्-बना दाजु पनि बिदेश बाट राम्रो डाक्टरी पढेर स्वदेश फर्केको हजार ठाउँ मा घुम्दा पनि एउटा राम्रो जगिर पाएको छैन बिबस आज माइला को शरण मा नै पुगेको माइला पनि उसलाई ठुलो कम्पनी को हाकिम बनाइदिउला-पर्ख ,आसपासन दिन्छ आज माइला को प्रगती ले आकास नागेको गएको साल मा नै अनपढ नपढने भैसी चराउने कोटा बाट पो मन्त्री भै सकेको पो रहेछ आजकल दुइ-चार साथी भाई जोडेर गफ गर्दो रहेछ,जस्तो देश उस्तै भेष तिमी हरु पढेर ठुलो मान्छे हुने अनि पैसा कमाउने मोह तिर लाग्योउ के गर्ने मैले भनेकै थिँए देश नछोड एक दिन पालो आउछ तर मानेनौ हेर अनपढ थिँए पढन पनि सकिन देश छोड्न पनि सकिन देश कै निम्ती समर्पित थिँए तर आज भाग्यले याँहा सम्म ल्याएको सबैले मन्त्री ज्यु भन्छन, मान सम्मान पनि पाइएको नै , ठाँउ-ठाँउ मा नाम , राज्य ले हाम्रो कुनै हिसाब किताब नै राखतैन आफु लाई मन परेको देश घुमेका छौँ चाहिईएको पैसा पाईएको नै कुनै कमी को अनुभव छैन,जनता को सेवा गरे बपत पाएको रकम लाई के भ्रस्टचार भन्ने? जो सुकै ले गाली गरुन -काग कराउदै गर्छ पिना सुक्दै जान्छ, आफ्नो सात पुस्ता लाई पुग्ने भै गो छेउमै बसे को दानु चुप्-चाप मन भित्र-भित्र खिन्नता बोध गर्छ ,आफ्नो कती बर्ष को मिहेनेत पानी मा मिसिएको आनुभब गर्छ आफु लाई सुन्यता बोध हुनु अगाबै धिक्कार्छ एक छाक को निम्ती पारिस्रम को भिक मग्दा मन्त्री को दर्शन अनि मेरो देश को दुर्दशा.........................अनि परिब्रतित नेपाल...... अनि नेता.......

समाप्त





                                                   कर्णे डाँकुदेखि श्रीकर्ण ॠषिसम्म
लामो समय सम्मको चोरी र डकैती पेसाबाट अकुत सम्पत्ति कुम्ल्याए पनि कर्णे डाँकालाई मनमा शान्ति हुन छोड्यो । धन सम्पत्ति प्रशस्त भए पनि मनमा सन्तुष्टी नहुदा उनी भड्किदै हिंड्न थाले । आखिर जे गरे पनि शान्ति मिल्दो रहेनछ भनेर बिरक्तिदै एका बिहानै भगवान शिवको दर्शन पनि गर्ने र प्रसाद स्वरुप एक चिलिम गाँजा खाने सुरले हानिए ।
चैत्र यामको सितलो बिहानी । बनकालीको घना जङलबाट चराचुरुङ्गीको चिर्बिराहट । ठाउँ ठाउँमा समुह समुह बनाएर इश्वरको भजनमा लीन मानिसहरु । टाढैबाट पशुपतीको गजुर देखेपछी मनमा एक किसिमको शान्तिको अनुभव हुन्छ । दुई हात जोड्दै पशुपतीको मन्दिर तिर अघि बढ्दै गर्दा बनकालीको भर्याङ् छेउ कुटी बनाइ बसेको बाबाले बोलाउछन । “बालक खुब भड्किएको छस ?”
कर्णे डाँका बाबातिर नियाल्छ । एउटा धोती बेरेको , जिउ भरी खरानी घसेको । निधारमा तीन वटा सेतो धरको कोरेको । बीचमा तेस्रो नेत्र बनाएको । फुस्रो दाह्री पालेको । एक हातमा चिलिम र अर्को हात कमन्डलु लिएको बाबा । हेर्दा साक्षात शिव नै उनी हुन जस्तो । दुई हात जोडेर कर्णे डाँका कुटी नजिकै टुक्रुक्क बसेर भन्छ । " हो बाबा । जीवनमा धेरै कुरा पाए तर सुख र सन्तुष्टी कहिले पाइन । "
“बालक यस्तो तलाई मात्र होईन, सबैलाई हुने गर्छ । गौतम बुद्धलाई पनि भएको थियो । रत्नाकर डाकुलाई पनि भएको थियो । तर पछि उनीहरु महान मानिस बने ।“
उत्सुक हुँदै कर्णे सोध्छ “त्यो रत्नाकर भनेको को हो बाबा ?"
“रत्नाकर एउटा डाकु थियो । नारद ॠषिको सुझाव पाएपछि एउटा घना जङलमा गए । डकैती गर्न छोडिदिए । सारा भतिक जीवन छोडिदिए । दिनरात राम नाम उच्चारण गरेर तपस्या गर्न थाले । अन्तमा उनी बाल्मिकी ॠषिले प्रख्यात भए । त्यसपछी उनले रामयण लेखे ।"
यो सुनेपछि कर्णे डाकाको मनमा एक किसिमको उर्जा प्राप्त हुन्छ । जीवनले नयाँ मोड लिएको अनुभव गर्छ । भौतिक जीवनदेखि वाक्क लाग्छ ।
"बाबा एक चिलिम प्रसाद खाउ न ?" बाबाले तानिरहेको गान्जाको चिलिम मागेर दुई तीन सर्को लगाउछ ।
"ल बालक अब बाबाको तपस्याको बेला भयो । तँ जा । तर बाबाको कुरा ध्यान दे । भौतिक जीवनबाट सन्तुष्टीको आशा नगर । भौतिकता माया हो माया । "
यति भन्दै बाबा कुटी भित्र पसेर आँखा चिम्लिन्छन । एक्छिनसम्म कर्णे डाँका बाबालाई नियालिरहन्छ । धेरै बेर आँखा नखोलेपछी बाबाको सुनौलो कमन्डलु, छेउमा राम राम लेखेको ओढ्ने र कुटीमा झुण्ड्याइराखेको रुद्राक्षको माला लिएर आफ्नो बाटो लाग्छ ।
कर्णे डाँका दोधारमा पर्छ । भौतिक जीवनलाई निरन्तरता दिउँ वा चरम शान्तिको नीम्ति यसलाई तिलान्जली दिएर जङल पसौ ? दिमागमा दोहोरो भिडन्त चले झै हुन्छ । सोच्दै सोच्दै गौशाला आइपुगेको पत्तो पाउदैन । भौतिक जीवन अर्थात डाकुको पेश छोड्नु पनि उनको नीम्ति सहज थिएन । मिलन खुकुरीसँगको मित्रता टुट्थ्यो । पाकेट्मार च्याक्सी उ भनेपछि हुरुक्क हुन्थ्यो । ठमेलका क्याबिनका अनिता र आसा सेक्सीलाई छोड्नु सहज थिएन । जीवनमा यस्तो दोधार त उनी डीएसपीको घर फोर्दा समेत भएका थिएनन ।
लामो र गहन सोचपछि अन्तत: कर्णे डाँकाले आफ्नो जीवनको बारेमा ठुलो निर्णय लिन्छ । सारा भौतिक जीवन छोडेर जङलमा शान्तिको नीम्ति प्रबेश गर्ने निधो गर्छ । निर्णय लगतै अघि बाबाको कुटीबाट लुटेको पहिरन लगाउछ । आफ्नो लामो कपाल पछाडि बाधेर जटा बनाउछ । घाटीमा बाबाको रुद्राक्षको माला । शरीरमा गेरु बस्त्र । अस्ति भर्खर ठमेलमा किनेको ५ हजारको चाइनिज पेस्तोल आफ्नै कोठामा छोडेर बाहिर निस्कन्छ , चार कोसे झाडी जनाको नीम्ति ।
पूर्व झापा जाने बस समात्छ गौशालाबाट ।
"ओइ जोगी भैया कता ? पैसा लागेगा ।" आफुलाई भारतियसँग जस्तो ब्यवहार गर्दा कर्णे डाँकु कन्सुरी ताती सकेको हुन्छ तर भौतिक जीवन त्याग गरेको कारण एकै पञ्चमा ढाल्ने बानी तत्काललाई प्रयोग गर्दैन ।
" चार कोसी झाडी त जान्छ नी ? म त्यतै जाने हो । पैसा दिउला । " सकी नसकी नरम स्वरमा भन्छ ।
"ल जावो त्यसो भए अन्दर । लास्ट मी जावो । " सिट देखाउदै भित्र पठाउछ । बस गुडेको केही समय पछि खलासी पैसा उठाउन आउछ । त्यसो त उसको यात्रामा पैसा तिर्ने बानी नभएकोले होला । केही भेउ पाउदैन । सधैं गुडिरहेको गाडीमा चढ्ने बाणी आज कता कता अप्ठ्यारो पनि भैरहेको हुन्छ । खलासीलाई कमन्डुलु भित्र राखेको एटिएम कार्ड झिकेर दिन्छ ।
"क्यास नहि है । एस्से पैसा निकाल्न हमे नै आता ।"
"क्यास छैन बालक । यो कार्ड फिर्ता दिनुपर्दैन । आफै राख बालक ।" निकै भद्र स्वरमा खलासीलाई बुझाउछ । खलासी खुशी एटिएम पाउन्दा निकै खुशी हुन्छ । आज सम्म देखेको थियो तर हातमा राम्रोसँग राख्न पाएको थिएन । कर्णेले नेबिल ब्यान्क लुट्दा प्रहरीले फिर्ता लान बिर्सेंको कार्ड थियो । त्यसबाट पैसा कसरी निकाल्ने कर्णेलाई समेत कहिले आएन ।
प्राय: बसको छतमा बसेर यात्रा गर्ने कर्णेलाई बस भित्र बस्दा एक किसिमको निस्सासिदो अनुभव भैरहेको थियो । बसको ड्राइभर देख्नासाथ उसले चिनीहाल्छ की पोहोर दशैंमा लुटेको बसको ड्राइभर यही थियो । कुइनाले ढाडमा हानेर अरठ्ठ हुँदा पनि रोक्न मानेको थिएन । पछि कन्चटमा पेस्तोल तेर्साउनु पर्यो । धन्न जोगीको भेषमा भएकोले ड्राइभरले चिन्दैन । ड्राइभर बडो उत्तौलो पारामा बस चलाएको प्रष्ट देखिन्छ । गीतको सुरमा मात्तिदै, स्कुल कलेजका केटी आउँदा जोडसँग बिना काममा हरण बजाउनु त उसको सौख रहेछ । बेतोडले गाडी कुदाउदा कर्णेलाई लगिसकेको हुन्छ यो बस कही न कही दुर्घटनामा पर्नसक्छ भनेर । नभन्दै अगाडीको गाडीलाई ओभरटेक गर्न खोज्दा छेउमा साइकल चलाएकी बालकलाई बसले ठक्कर दिन पुग्छ । साइकल एकातिर बालक एकातिर उछिट्टिन्छ । बस भित्र कोलाहलको बातावरण सिर्जना हुन्छ ।
बस बिस्तारै रोकिन्छ र ब्याक हुन्छ । के भएको बुझ्न नभ्याउदै बसले रुदै उठ्दै गरेको बालकलाई फेरी किचिदिन्छ । बस भित्र एक किसिमको कोलाहल र भागाभाग मच्चिन्छ । कोही झ्यालबाट हाम्फाल्छन । कर्णेको सात्तो जान्छ । लास्ट सिटबाट हत्तपत्त ओर्लिन प्रयास गर्दा गर्दै बसको झ्यालका सिसा फुट्न थाल्छन । आगोको मुस्लो छुट्छ । बस बाहिर आउछ र देख्छ बसको आधा भाग जलिसकेको हुन्छ । अघि ठक्कर दिएको बालकको लाश क्षत बिक्षत भएको हुन्छ । वरिपरिका गाउलेले बसमा तोड्फोड र आगजनी गर्दै ड्राइभरलाई मरणासन्न हुनेगरि पिट्दै हुन्छन् । गाडीको लामो जाम हुन्छ । हेर्दा हेर्दै बस दुन्दुन्ती बल्न थाल्छ ।
कर्णेलाई भौतिक जीवनदेखि झनै वाक्क लागेर आउछ । एउटा बालकलाई मारेको आरोपमा अरको ड्राइभरलाई मार्दै हुन्छन् आफन्तहरु । रोकिएको गाडीका अन्य ड्राइभरहरु एक ठाउँमा जम्मा भएर पिटाइ खाने ड्राइभरलाई जोगाउछन र गाउलेको प्रतिकार गर्छन् । दोहोरो भिडन्त सुरु हुन्छ गाउले र ड्राइभर बीच । कैयौ गाडीको सिसा फुट्छ । लखाटा लखाट हुन्छ । यो द्रिश्य हेर्दै हेर्दै कर्णे आफ्नो बाटो लाग्छ । भौतिक जीवनमा यस्तै हो भन्दै झन्डै झन्डै आइपुग्न लागेको चार कोशे झाडी तिर लाग्छ ।
हिडेर चार कोशे झाडीको मध्य भागमा पुग्छ । धमिराले बनाएको अग्लो अग्लो गोलाको बीचमा आफ्नो आसन बनाउछ । मन मनै प्रण गर्छ आजदेखि चोरी डकैती त्यागी दिन्छु । एउटा सन्यासी जस्तो जीवन बिताउछु । आज सम्म गरेको पापहरुको प्रयश्चित गर्दै आज देखि गौशालाको कर्णे डाँकु होईन श्रीकर्ण ॠषिको नामले चिनिन्छु । यति प्रण गर्दै पलेटी कसेर आँखा चिम्लेर राम नाम जप्न थाल्छ । चार कोषे झाडीको मध्य भागमा चरा चुरुङीको चिरबिर् र सिरसिर बतासको तरङ छिचोलेर एकोहोरो राम राम रामको गुन्जन टाढा टाढा सम्म स्पष्ट सुनिन थाल्छ ।
सुर्यले अस्ताउने सन्केत गर्दै थियो । पंक्षि बास बस्ने तरखरमा थिए । जङलको प्राकृतिक ध्वनी छिचोल्दै परेडको आवाज सुनेपछि श्रीकर्ण ॠषिको आँखा खुल्छ ।
" वोइ । के गरेछस ? को होस् तँ ?" परेडको अग्रपङ्क्तीको नाइके कर्कश स्वरमा चिच्याउछ ।
निधारमा फेटा बाँधेको । अग्लो कालो जुत्ता, छाती तनक्क तन्काएर उभिएका एक हुल मानिसलाई नियाल्दै श्रीकर्ण मुस्काउदै भन्छन् " म तपस्वी हुँ बालक । "
हातमा मोटो लौरो बोकेको अर्को चिच्याउछ "वइ तैले कसलाई बालक भनिस ? तेरो थुतुनो भत्काउँ ? कन्काइ मुक्ती मोर्चाको अध्यक्षलाई चिन्दैनस तँ ?
" अर्कोले थप्छ " यो हेर्दा नाक चुच्चे पक्कै पनि बाहुनको सुराक हुनुपर्छ । हामी माथि दमन गर्ने बाहुनबादी तैँ होईनस ? ठोक ठोक सालेलाई । "
एकैपटक जत्था आइलागेपछी कर्णे कमन्डुलु छोडेर भाग्छन । चार कोषे झाडीको हागा बिङा काँडा गिर्खा पर्वाह नगरी आफ्नो ज्यान जोगाउन भाग्छन । पछि पछि एक हुल दौडिन्छन हातमा खुडा कोही लौरो कोही बन्दुक त कोही झन्डा बोकेर । दौडिदा दौडिदै अग्लो भिरको डिलमा पुग्छन र उचाइको पर्वाह नगरी हाम फाल्छन ।
श्रीकर्ण हाम्फाले लगतै भिरमा पुगेको एक हतियार धारी भन्छ " बच्यो साला । फर्कौ अब , तल चाम्लिङ मुक्ती मोर्चाको ईलाका हो । " हतियारधारी समुह फर्किन्छन ।
अग्लो भिरबाट हाम्फालेर जोगिएका श्रीकर्ण ॠषिको पहेलो धोती ठाउँ ठाउँमा घिस्रिएर प्वाल पर्छ । मैलिएर खैरो खैरो रङको हुन्छ भने ओढ्ने च्यातिएर क्षत बिक्षत हुन्छ । रुद्राक्षको माला चुटिन्छ । बाँधेर राखेको जटा फुस्किएर कान्ध भरी कपाल फैलिन्छ । तपस्यामा सन्चित उर्जाले टल्किएको अनुहार मैलो र मलिन बनिसकेको छ । घस्रिएर ठाउँ ठाउँमा छाला फर्किन्छ । रगतले धोतीमा राघेपाटे बुट्टा बनाउछ । एक खुट्टा खोल्च्याङ खोल्च्याङ गर्दै नदीको आवाजलाई पछ्याउदै अगाडि बढ्छन ।
झमक्क रात परिसकेको हुन्छ । नदीको छेउमा टुक्रुक्क बसेर पानी पिउन लाग्दा अर्को द्रिश्य देखिन्छ । एक हुल जत्था हातमा राँको लिएर उनी तर्फ अघि बढ्दै गरेका हुन्छन् । श्रीकर्ण मुखमा राखेको पानी निल्नासाथ राकोको एउटा झटारो उनको सामु खस्छ ।
" त्यो धोतीलाई काट हाम्रो ईलाकामा के गर्न आयो ? काट काट । " एउटा गर्जन सुनिन्छ टाढैबाट । लगतै राँको लिएको जत्था उनी तर्फ डौडिन्छन । श्रीकर्ण ॠषि खुट्टा खोल्च्याउदै नदी किनारमा रहेको डुंगामा हतार हतार बस्छन र खियाउदै नदीपारी लाग्छन । डुङा नदी बीचमा पुगिसक्दा पनि काट काटको आवाज सुनिन्छ र राँकोको झटारो बज्रिरहन्छ । नदी निकै चौडा भएकोले जत्था पार गर्न सक्दैनन । एक त सुकेको, त्यसमाथी घाइते शरीरले खियाउदै डुङ्गालाई बल्ल बल्ल किनारा लगाउछन । रात छिप्पिसकेको हुन्छ ।
खुर्पे चन्द्र मधुर प्रकाशको सहारामा किनाराबाट अर्को जङल प्रबेश लगतै उनको आँखा एउटा तुलमा पर्छ जहाँ ठुलो अक्षरमा लेखिएको हुन्छ "मधेश प्रदेश मे स्वागत है " पढे पगतै श्रीकर्णको मनमा चिसो पस्छ । यहाँ पनि भाग्नुपर्ने स्थिती हुनसक्छ तर अन्य बिकल्प नभएकोले प्रबेश गर्न वाध्य हुन्छन् ।
अन्धकार जङलको लामो बाटो हिंडेपछि एउटा खाली सानो झुप्री फेलापर्छ । पेट भोको भए पनि थाकेको शरीरलाई आराम दिन झुप्री भित्र पल्टिन्छन । एकैछिन पछि निन्द्राले झ्याप्प समात्न लागेको बेला बाहिर गोली पड्केको आवाज आउछ ।
" सर यतै भागेको होला । " एउटा सेनाको जवान झोप्री देखाउदै भन्छ ।
" तैले देखेथिस सिकारीलाई । ? " सेनाको क्याप्टेन सोध्छ ।
" अ सर । खैरो धोती लगाएको छ । काँधमा ओढ्ने बेरेको छ । अनी रगतको टाटो पनि छ हात खुट्टामा । चितुवा मार्दा लागेको । " यति सुन्नासाथ श्रीकर्ण ॠषिको सातो पुत्लो उड्छ । सेनाको जवानले बताएको सबै पहिरन र चिन्ह उनैसँग मिल्न जान्छ । जवान गोली तेर्साएर झुप्री तिर आएको देखेपछी श्रीकर्ण झोप्रीको पछाडीको घारीमा फाम्फालेर भाग्छन ।
"उ भाग्यो ठोक । साले चितुवा मारा । लखाट ।" कर्णको पछाडि अन्धाधुन्ध गोली बर्सिन्छ । दौडिदा दौडिदै पछाडिबाट चलाएको गोलीले खोल्च्याएको खुट्टाको पिडुला छेडेर जान्छ । ज्यान बचाउने ध्याउन्नमा गोलीको पर्वाह नगरी अगाडी दौडिरहन्छन । दौडेर लामो दुरी पारगरिसकेपछि सेनाले पिछा गर्न छोडिदिन्छ । रक्ताम्मे खुट्टा लिएर एउटा रुखको छहारीमा ढल्किन्छन । तिब्र भोक,प्यास र थकाईको कारण एकै छिनमा अचेत अवस्थामा पुग्छन ।
झिस्मिसे बिहानी भैसकेको हुन्छ । एक हुल मानिस वरीपरी घेरिएर बसेका हुन्छन् । रातभरको दौडाइले उसलाई नेपाल भारत सिमामा ल्याइपुर्याएको हुन्छ । चारै तिर फुस्रो र बुङ्ङ उडेको बातावरण । घामले शरीर कालो भएर डढेका मानिसहरु । लोग्ने मान्छेले धोती र गंजी लगाएका । टाढा टाढा सम्म समतल देखिने । स साना घर खरले छाएको देखेपछि कर्णेलाई लाग्छ यो मधेस हो । जहाँ उ पहिलो पटक आएको छ । यहाँ लुट्न आउन रहर लागेको थियो तर भारतिय डाँकाहरुको एकछत्र राज छ रे भन्ने थाहा पाएपछि पछि हटेका थिए । ।
एउटी आईमाईले एक बाल्टिन पानी टाउकोदेखि खनाइदिन्छिन । कर्ण झस्किएर बिउझिन्छ ।
“राती राती डकैती गर्ने यही हो ।“ एउटा युवक चिच्याउछ । “पारीबाट आएको हो । राती घुरहुको घर फोरेको यसैले हो । पुलिस आउँदै छ रे ।“
कर्ण ॠषि केही बोल्न खोज्नै लाग्दा “रगत आ'छ नी । त्यो हिजो पुलिसले हानेको हो । अर्को बोल्छ " कस्तो बाठो हेर्न, चिन्दैन भनेर जोगीको भेषमा आएको । जग्गु साहुको छोरो अपरहण गर्ने नी यही जस्तो लाग्छ । "
चार-पाँच जना युवाहरु दौडेर आउछन । “साला बच्चा अपहरण गर्ने यही होईन । यसलाई जिउदै जलाउनुपर्छ ।“ कर्णलाई घिसार्दै दोबाटोमा ल्याउछन र लडाएर एक अँगालो पराल फुकाउछन ।
कर्ण चिच्याउदै म अपहरणकारी होईन, श्रीकर्ण हो भन्छ । तर कसैले सुन्दैनन । पराल सल्काउनै लाग्दा पछाडिबाट एक दर्जन प्रहरी आइपुग्छन । आगो लगाउनबाट जोगाउछन । “ल हामी आयौ अब कानुनी कारवाही हुन्छ । अब आफ्नो आफ्नो घर जानुस् । पुलिसलाई आफ्नो काम गर्न दिनुस् ।“
भिडबाट एक युवक कराउछ " यसलाई यही कार्वाही गर्नुपर्छ । हामीलाई प्रहरीको विश्वाश छैन । मधेशी जनताले नै कार्वाही गर्नुपर्छ । "
इन्स्पेक्टर सम्झाउन अगाडी बढ्नै लाग्दा एउटाले ढुङा बजारिहाल्छ । जवाफी कार्वाहीमा प्रहरीले लाठीचार्ज गर्छ । दोहोरो ढुङ्गा हानाहानमा श्रीकर्णको निधारमा चोट लाग्छ । प्रहरीलाई बचाउन हम्मे हम्मे पर्छ । अन्त्यमा दर्जनौ अश्रु ग्यास प्रहार गरेर स्थिती नियन्त्रणमा आउछ ।
कर्णलाई बचाएर नेपाल भारत सिमानामा रहेको हल्हलिया प्रहरी चौकीमा राखिन्छ । दुई दिनको भोको घाइते कर्ण चौकीमा बोल्न नसक्ने अवस्थामा हुन्छन । चौकीमा राखिएको ३ घन्टापछि इन्स्पेक्टरको फोन बज्छ । लामो समयको हिन्दी सम्वादपछि प्रहरी जवानलाई आफ्नो कोठामा बोलाउछन ।
“ल सुन । यो डाँकु मात्र होईन भारतिय नक्कली नोटको कारोबार गर्दोरहेछ । भारतियले सार्वजनिक गरेको आइ एस आइको एजेन्टको हुलिया यसैसँग मिल्दो रहेछ । त्यसैले पारी बुझाउनुपर्छ । त्यसलाई केही खाना दिएर हिंड्नसक्ने बना । पारीबाट मान्छे लिन आउँदै छन् । चाँडो बुझाउनुपर्छ नत्र माथिबाट प्रेसर आउछ । ल गैहाल त । चाँडो गर केटा । है ।“
(बुट बजार्दै) हस सर ।
कर्णलाई उठाएर दुईवटा सुख्खा रोटी र दही खान दिईन्छ । केही समयपछि भारतिय प्रहरीको एउटा जिप आएर कर्णलाई लिएर जान्छ ।
-समाप्त
                                                 साक्ष्यात सुशिल

रमाईलो कथा हली

गिती कथा लुँखु आँशु -१

गिती कथा लुँखु आँशु -२

नेपाल खत्तम छैन भाग -१

नेपाल खत्तम छैन भाग -२

२०१२ मा कसरी पृथिबी को बिनाश हुँदै छ भिडियो हेर्नुहोस