सागरबिदा ब्लगस्पोट एउटा रोमान्चक ब्लग

सर्च गर्नु होस

कबिता

आखिर के त ?


तिमी,
भुत लाई बिर्सने प्रायस गर्योउ भने ,
बर्तमान बिश बनेर मेरा अगाडी आउन सक्छ ।
भविश्य को कल्पना गर्न नपाउदै'
तिम्रा ममता का बिन्दु-बिन्दु हरु मा
मेरा माया का कण्-कण हरु मा
फेरी तुसारो छाउन सक्छ,
यदि,
तिम्रो मन निस्चल छ भने,
हराउने छैनन ,तिमी प्रती का दुई थोपा बिश्वास हरु
हराउने छैनन, समर्पित बाचा हरु
हराउने छैनन लर्खराएका मेरा पाइला हरु
तिमी मा थोरै माया छ भने,
आउ मलाई बिश्वाश दिलाउ
किन कि
तिमीलाई पाउन का निम्ती
सुरु गरेका मेरा अन्त्य हिन मेरा यात्रा हरु मा
अबिरल लम्बिने डोरेटो अनि घोरेटा हरु मा
तिम्रो आकिर्ती कती खोजे होला ?
आफ्नै मन लाई सोध
आखिर
तिमी पनि त म जस्तै मान्छे होउ
रक्त संचार गर अनि आफैले आफैलाई शोध
मुटु मा प्रेम कहाँ नेर हुन्छ चिरेर खोज
घुम्ति-घुम्ती हरु मा ठक्कर खाएर हेर
अनन्त यात्रा धाएर हेर
फेरी गुमेको चिज पाएर हेर
सक्छौ भने
हजार टाला ले टालिएको मन
दोबाटो मा उभिएको यात्री सग सम्झ्यौता गर
थकाइ को बहना मा बिस्राम नलिने बचा गर
ठेस लागेर पल्ट्ने बाहाना नहोस
यात्रा सुरु गरौला
आखिर जिबन के हो र ? बगी जाने खोला
अनि
मरी जाने चोला...............
खोज मलाई

छाती भित्र मुटु माझ कतै भेटिएला
सम्झि-सम्झी रुने अतित कतै मेटिएला
खोज्न सके खोज मलाई समिप्य मै हुँला
आँखा भित्र नदेउ ठाँउ आँशु बनी रुँला
आँखा चिम्ली खोज मालाई नानी भित्रै छु कि
...साथ मा छँदा हराउने बानी भित्र छु कि ?......




स्वार्थी खुबी
चोर का खन्ती हरु
गुण्डाका नाइके हरु
त्यस भन्दा माथी उठेर तिमीलाई दिने कुनै शब्द छैन।
देश द्रोही
घाती हरु हो !
अपराधी हरु हो !
स्वार्थ को निम्ति
आमा को बलत्कार गर्ने तिमी
रक्त पिपासु
हजार आमा को सपना टुटाएर
तिमी रगत मा होली खेल्यौ
दुधे बालक को अधिकार खोस्यौ
साँझ बिहान हात मुख जोडन नसक्ने गरीब लुट्यौ
तिमी मत्ताहरु
दिदी बहिनिलाई नाँङाएर
नाँङो नांचमा उत्तेजित भएका
तिम्रा छाडा चाहाना
लम्बिने छैनन
तिम्रा कुनै स्वार्थ
तिम्रा कुनै स्वाद्
तिम्रा कुनै बाहाना
तिम्रा सबै स्वार्थ सकिएका छन्
अब
समय तिम्रा लागी अभिसाप हुनेछ
धिक्कार्ने छौ
आँफुले आफैलाई
किनकि
निमुखा को कर्म तिमीले निल्यौ
निमुखाको मर्ममा खेल्यौ
अब तिमी तडपिनु
पस्चताप को आगोमा त्याहाँ
घ्यु थप्ने छौ हामी
तिमी रुने कराउने छौ जाँह
जनताको आँशु को पाप
अनि
पुस्ताले धिक्कारेको तिम्रो मन्
आफैभित्र दनदनी
जल्ने छौ झन झन ।।।।
समाप्त
आस्था मेरो
सानो झुपडी पानी सदाबहार चुहिरहेछ,कैले कांही हिउद लाग्छ
त्यही समय मा
ठाँउ-ठाँउ बाट आस्था चिहाउछ अथाहा अन्धाकार ,धिप्-धिपांउदो दियो संगै
मेरी बुढी आमा को सपना ब्युझिन्छ प्रदेशिए का छोरा संगै
सपना का माला हरु गाँस्दा गाँस्दै आफ्नो काल नजिक आउछ
मेरी आमा लाई काल ले माफ गरिदिन्छ
तर के गर्नु आबस्यकता को जंघार बढ्दै जान्छ निराशा को हुरी आउछ रुख ढल्छ ,घर ढल्छ तर
मेरी आमा को आस्था ढल्दैन,के जिबन यस्तै हो,आबश्यक , आपुग ,निरशा बैराग्ज्ञ मन मा भरी ठुलो
बिशाउने चौतारी छैन
तर त्यसै भित्र जिबन बिश्राम ।।।
नभएका
लाज पचेका नकटाहरु
देश नँगाएर आफ्नो आंग छोप्ने कोसिस गर्यौ
निमुखा लुटायौ
भाई-भाई फुटायौ
हाम्रो दु: मा नाच्यौ
हाम्रो पिडा मा हाँस्यौ तिमी लुटेरा होउ
सरकारको मलामी जाऊँ हस्त गौतम मृदुल
उदाउदै अस्ताएको बिहानीमा
सुर्यको उज्यालो हत्केलाले छेक्दै
नारा जुलुस लगाउदै बुलन्द पार्दै
आए सरकारमा नयाँ नेपाल जप्दै
ति नै सपना झाडापखाला भए,
अनी गाउ बस्ती बस्तीमा छायो
त्यही युद्धको रुप लिएर माहामारी
अकाल मृत्युले तान्डव मच्चायो
कति मरे बिना अर्थ जाजरकोटमा
अनी मेरो प्यारो रुकुम जिल्लामा
त्यसै गरी अरु बिकट जिल्लामा
दिन प्रतिदिन सयौ मान्छेहरु मरे
उपचार कुन चराको नाम होला
कसैले जान्ने मौका पनी पाएनन
नेता देशको बिला लगाइ रहेछन
कस्ले कुन किल्लामा राज गर्ने
आपसी खिचातानीमा मस्त छन
पानी भित्रबाट सुकेको माटो
निकाल्ने झुटा सपना बाँढे।
सहिस्नुता, मानवता सान्ती
यिनै दहिचिउरे नेताले भाँडे।
कैलै जनताको बिचल्ली देखेनन्।
सरकार हतियार मात्र दिन सक्छ
प्राण दिने जीवन जल दिन सक्दैन
अभाव कष्ट भोकमारी दिन सक्छ
सुख, सान्ती समृद्धि दिन सक्दैन
कति जान्छौ अझै जनताको मलामी
बरु अब सरकारलाइ घाटमा लैजाउ
यि धुर्त पार्टीलाइ चिहानमा सुताउ
आफनो महान राष्टको संरक्षण आफै गरौं
आफनो स्वाभीमान स्वाधिन्ताको रक्षा आफै गरौँ।

रमाईलो कथा हली

गिती कथा लुँखु आँशु -१

गिती कथा लुँखु आँशु -२

नेपाल खत्तम छैन भाग -१

नेपाल खत्तम छैन भाग -२

२०१२ मा कसरी पृथिबी को बिनाश हुँदै छ भिडियो हेर्नुहोस